कार्यकर्तालाई गुमराहमा राखेर प्रचण्ड र माधवले गरे एमसीसी पास

काठमाडौं । एमसीसीको विषयमा शुरुदेखि नै दोहोरो चरित्रमा प्रस्तुत भएका माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अन्ततः आफुना कार्यकर्तालाई गुमराहमा राखेर एमसीसी पास गरेका छन् । 

बरु सरकार छोड्न तयार हुने तर एमसीसी कुनै हालतमा पास नगराउने भन्दै सरकारमा रहेर कार्यकतालाई सडकमा पठाएका प्रचण्डले कार्यकता नै जिल्ल पर्ने गरि एमसीसी पास गर्न सहयोग गरेका हुन् । सरकार र गठबन्धन छोड्नु पर्ने डरले प्रचण्डले आइतवार विहान एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

प्रचण्डले एमसीसीको विषयमा अन्तिम समयसम्म नै दोहोरो चरित्र देखाएका छन् । संसदको रोष्टममा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको एमसीसीको प्रस्तावमा केही नेतालाई एमसीसीको पक्षमा बोल्न लगाएका थिए भने केहीलाई विपक्षमा बोल्न लगाएका थिए । 

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि एमसीसीको विषयमा रंग फेरेका छन् । शुक्रवारसम्म एमसीसी तत्काल पास गर्न नहुने भन्दै कार्यकतालाई सडकमा पठाएर आन्दोलन गराएका नेपाल शनिवार नै एमसीसी केही परिमार्जनसहित पास गर्ने मनशायमा पुगेका थिए ।

आइतवार विहानसम्म नेपालले गठबन्धन र सरकार नछोड्ने बरु एमसीसी पास गर्ने भन्दै एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । एकीकृत समाजवादीले पनि संसदमा दाहोरो चरित्र देखाएको छ । एकातिर एमसीसीको पक्षमा मतदान गर्ने अर्को तिर त्यहि रोष्टममा उभिएर सम्मानित नेता झलनाथ खनाल र गिरीराजमणि पोखरेललगायतले विरोध गरेका थिए ।

आइतवार प्रतिनिधि सभाको बैठकले सरकारले प्रस्तुत गरेको ब्याख्यात्मक घोषणाको आधारमा अमेरिकासँग एमसीसी सम्झौता गरि परियोजनाहरु अघि सार्ने निर्णय गरेको छ । संसदअवरुद्ध गर्दै आएको नेकपा एमाले संसदीय प्रक्रियामा सहभागी नै भएन । उपस्थित अन्य सत्तारुढ दलको  सांसदहरुको बहुमतले एमसीसी अनुमोदन गरेको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.