काठमाडौं । एमसीसीको विपक्षमा रहेको नेकपा माओवादी केन्द्रले एकाएक गठबन्धन र सरकारमा जोगाउनु पर्ने भन्दै एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गर्यो । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको सहयोगमा नेपाली कांग्रेसले एमसीसी बहुमतले पास गर्यो ।
आफ्ना कार्यकतालई एमसीसी पर सार्नुपर्ने भन्दै सडकमा पठाएर आन्दोलन गर्न लगाएको माओवादीले एमसीसी अनुमोदन पछि कार्यकतालई सम्झाउन सकिरहेको छैन । विभिन्न जिल्लाबाट नेता कार्यकर्ताले राजिनामा दिने क्रम चलिरहेको छ ।
सुदूरपश्चिम प्रदेश कमिटीको केही सदस्यहरु माओवादी पार्टी परित्याग गरि एमाले प्रवेश भएका छन् । यस्तै विभिन्न जिल्लाका जिल्ला जनप्रतिनिधिहरुले माओवादी परित्याग गर्ने क्रम जारी छ । कतिपय पालिका अध्यक्ष र वडा अध्यक्ष तथा सदस्यहरुले पार्टी त्याग्ने क्रम बढ्दै गएको छ ।
प्रारम्भिक अनुमान अनुसार अहिलेसम्म ५० बढि जनप्रतिनिधिले माओवादी पार्टी पसत्याग गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको ८ नम्बर वडाका वडाध्यक्ष बहादुरसिंह महराले एमसीसी सम्झौता अनुमोदन गर्न सघाएको पार्टी नेकपा माओवादी केन्द्रको सदस्यता त्याग गरेको घोषणा गरेकाछन् । उनले आज बिहान १० बजे जनतासित माफी मागेर वडाध्यक्ष पदबाट समेत राजीनामा दिएका हुन् ।