संसद भवन अगाडी प्रेसर कुकर बम फेला, सडक अवरुद्ध (भिडियोसहित)

काठमाडौं । एमसीसी संसदले अनुमोदन गरे लगतै आज साना दलहरुले नेपाल बन्दको आह्वान गरेको छ । काठमाडौं उपत्यकामा बन्दको प्रभाव त छैन । तर ठाउँ–ठाउँमा शंकास्पद वस्तु
फेला परेको छ ।

विहानै काभ्रेको पुलबजारमा शंकास्पद वस्तु फेला परेको थियो भने अहिले बानेश्वरस्थित संसद भवन अगाडी प्रेसर कुकर बम जस्तैदेखिने शंकास्पद वस्तु फेला परेको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीपास गर्ने निर्णय गरेलगतै एमसीसी संसदमा बहुमतले पास भयो । आन्दोलनमा रहेका साना दल तथा अभियन्ताहरुले आज नेपाल बन्दको आह्वान गरेपछि विभिन्न ठाउँमा शंकास्पद वस्तु भेटिएको हो ।

बानेश्वरमा सेनाको विशेष टोली पुग्दैछ । विशेष टोलीले त्यसलाई निश्क्रिय बनानउे तयारी गरेको छ । प्रसर कुकरमा नो एमसीसी लेखिएको छ । झुक्याउन मात्र उक्त वस्तु राखिएको हो या अन्य हो त्यो भने केही बेरमा थाहा हुनेछ ।

no mcc.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.