काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पहिलो पटक बस्दैछ । बैठक काठमाडौंको एक पार्टी प्यालेसमा केहिबेरमा बस्ने छ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले संसदबाट अनुमोदन भएको एमसीसीबारे जानकारी गराउने र पछिल्लो विकसित राजनीतिक घटनाक्रम, स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल हुने समेत बताईएको छ ।