काठमाडौं । आगामि ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङको हुने भएको छ ।
निर्वाचन आयोगले मतपत्रमा प्रयोग हुने चुनाव चिह्नको रङ हरियो हुने भएको बताएको हो । आयोगकाका अनुसार पछिल्लो चुनावमा सेतो कागजमा निलो रङको चिह्न र मतदानमा प्रयोग हुने रङ पनि निलो भएकाले रातको समयमा मतगणना गर्न अप्ठ्यारो भएको थियो ।
यो पटकको चुनावमा भने चुनाव चिह्न हरियो रङको हुनेछ भने स्वस्तिक छापको रङ निलो नै हुनेछ ।