राजदूत फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय, को–को हुदैछन् फिर्ता ? (सूचिसहित)

काठमाडौं । सरकारले केपी ओली सरकारले राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।

सरकारको निर्णय कार्यान्वयनमा आएसँगै अमेरिकाका लागि राजदूत युवराज खतिवडा, बेलायतका लागि राजदूत लोकदर्शन रेग्मीलगायत फिर्ता हुनुपर्ने छ ।

त्यसैगरी,सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले सल्लीसल्ला– सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ कि.मि. र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३.५ कि.मि सडकखण्डको ट्रयाक निर्माण कार्यको ठेक्का नेपाली सेनालाई दिने निर्णय गरेको बताए ।

यसको साथै कोभिड–१९ सङ्कट व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने, औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने पनि आजको मन्त्रिपरिषद्ले निर्णय गरेको छ । कोभिड–१९ व्यवस्था २०७८ स्वीकृत गर्ने सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको ७६औँ महासङ्घको सभामा भाग लिन जाने प्रतिनिधि मण्डल गठन गर्ने पनि सरकारले निर्णय गरेको कार्कीले जानकारी दिए ।

फिर्ता हुने राजदुतहरु :

१. महेन्द्रबहादुर पाण्डेय (चीन)
२. डा. वंशीधर मिश्र (बंगलादेश)
३. नारदमुनि भारद्धाज (कतार)
४. युवराज खतिवडा (अमेरिका)
५. अञ्जान शाक्य (इजरायल)
६. उदयराज पाण्डे (मलेसिया)
७. दावाफूटी शेर्पा (स्पेन)
८. डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका)
९. नीलाम्बर आचार्य (भारत)
१०. लोकदर्शन रेग्मी (बेलायत)
११. शर्मिला ढकाल पराजुली (ओमान)
१२. प्रतिभा राणा (जापान)

© 2021 Quicknepal.com  |  All Rights Reserved.