किन हटाईन् बर्षाले बिकिनी तस्वीर ?

काठमाडौं। अभिनेता राज कटुवालसँग झण्डै एक बर्ष अफेयरमा बसेकी नायिका बर्षा शिवाकोटीले एकाएक आफ्नो इन्स्टाग्रामबाट आफ्नो बिकीनी तस्वीरहरु हटाएकी छन् । राज कटुवालसँग ब्रेकअप गरेर अमेरिका पुगीकी बर्षाले फ्लोरिडाको समुन्द्री तटमा बिकिनी अवतारमा फोटोसुट गरेकी थिईन् ।

उनले उक्त तस्वीर आफ्नो फेसबुक र इन्स्टाग्राममा पोस्ट्याएकी थिईन् । उनको फोटो र राज कटुवालसँगको सम्बन्धलाई लिएर धेरै नै कमेन्ट आउन थालेपछि उनले अहिले उक्त तस्वीर हटाएकी हुन् । 

उनले हालेको तस्वीरमा कतिपय भद्दा कमेन्ट उनीविरुद्ध थियो भने  कतिपयले उनको स्वतन्त्रता भन्दै बिकिनी पहिरनको प्रशंसा गरे । सकारात्मकभन्दा नकारात्मक कमेन्ट नै बढी भएपछि बर्षाले फोटो हटाएकी हुन् । राजसँगको सम्बन्धको पीडाले गर्दा राजलाई देखाउन उक्त फोटो पोस्ट गरेको आरोप बर्षा माथी छ । सोही कारणले बर्षाले फोटो हटाएकी हुन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.