जेठबाट लाइसेन्स वितरण सहज हुन्छ, घरमै पुराउँछौं : यातायात विभाग

काठमाडौं । आगामी जेठबाट सवारी लाइसेन्स वितरणमा सहज हुने यातायात व्यवस्था विभागले जनाएको छ । बार्षिक प्रगति विवरण सार्वजनिक गर्दै विभागले छपाईकोे काम केही बाँकी रहेको र आगामी जेठ बाटै सो प्रक्रिया सहज हुने बताइएको छ । 

विभागका महानिर्देशक नमराज घिमिरेले सन् २०२१ को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी रहेको बताएका छन् ।

जेठबाट लाइसेन्स घरसम्मै पुराउने गरि तयारी थालेको भन्दै विभागले सो प्रस्ताव मन्त्रालय पठाएको जनाएको छ । जेठदेखि नयाँ सवारीको लाइसेन्सको आवेदन पनि खुल्नेछ । जेठसम्म फारम भरिसकेका ५ लाख ७२ हजार सोवग्राहीसँग परीक्षा लिइसक्ने बताउँदै घिमिरेले त्यसपछि फारम भरेको १५ दिनभित्रै परीक्षा दिन पाउने व्यवस्था गरिने बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.