एमाले ककनी गाउँपालिका : अध्यक्षमा काशिराज र उपाध्यक्षमा लजिता सर्वसम्मत उम्मेद्वार

नुवाकोट  ।  नेकपा एमालेले ककनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको लागि उममेद्वारको नाम सर्वसम्मत गरेको छ । जिल्ला पार्टी कमिटीका उप–सचिव समेत रहेका काशिराज अधिकारी अध्यक्ष उम्मेद्वारका लागि सर्वसम्मत भएका छन् भने उपाध्यक्षका लागि यस अघि पनि सोही पदमा उम्मेद्वार रहेकी लजिता तामाङ सर्वसम्मत भएकी छन् । 

२०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी विजयी बनेको थियो । नेकपा एमालेका अध्यक्षका उम्मेद्वार जीत बहादुर बलामी कांग्रेस पछि ८७ मत अन्तरले तेश्रो स्थानमा रहेका थिए । उपाध्यक्षकी उम्मेद्वार तामाङ ४ सय मतले प्रतिध्वन्दी बनेकी थिईन् । त्यतिबेलाका उम्मेद्वार बलामी अहिले माधव नेपालको पार्टी एकीकृत समाजवादीमा लागेका छन् । ककनीमा वडा कमिटीहरु र टोल कमिटी समेत निर्माण गरेर संगठनलाई बलियो बनाएको एमालेले यो पटक निर्वाचन जित्ने गरि एक महिना अघि नै उम्मेद्वार टुंगाएको हो ।

अधिकांश वडाको समेत उम्मेद्वार टुंगिएको र सबै निर्वाचनमा केन्द्रीत भएको जानकारी नेकपा एमाले ककनी पालिकाले दिएको छ । ककनीको राजनीतिमा राम्रो प्रभाव जमाएका अधिकारी ककनीका लागि शसक्त उम्मेद्वार हुन् । एमालेमा मात्र नभई पुरा गाउँपालिकामा चर्चित अनुहार भनिएका अधिकारीले यो पटक ककनीमा एमालेको सुर्य चिन्ह फहराउनेमा कार्यकर्ता विस्वस्त छन् ।

यस्तै विभिन्न एनजिओ र आईएनजिओ कार्यक्रम, महिला शसक्तिकरण र सहकारी कार्यक्रम मार्फत महिलाहरुमा परिचित लजिता तामाङ उपाध्यक्षमा बलियो उम्म्द्वार मानिएकी छन् । पहिलो निर्वाचनमा उनले राजनीति भर्खरे प्रवेश गरेकी थिईन् । अहिले उनले ककनीमा धेरै संगठन निर्माण गरिसकेको र राजनीतिक रणनीति पनि आफुले सिकेको भन्दै निर्वाचन कुनै हालतमा जित्ने दावी गरेकी छन् ।

अध्यक्षमा एक हजार मत र उपाध्यक्षमा ४ सय मतले पराजित भएको एमालेले २०७४ मा तीन वडा अध्यक्षसहित १६ जना कार्यपालिका सदस्य जितेको थियो । दुई वडामा २ मत र ६ मतले हार व्यहोरेको एमालेले २०७४ को उत्तर अहिले दिने तयारी गरेको बताइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.