नुवाकोट । नेकपा एमाले नुवाकोटले आयोजना गरेको बृहत भेला तथा पार्टी प्रवेश कार्यक्रममा हजारौं नेता, कार्यकर्ता र जन समुदायको उपस्थिती रहेको छ । चुनाव लक्षित जिल्ला भेलामा ७ हजार उपस्थित गराउने तयारीका साथ भेलाको आयोजना गरेको भएपनी स्वतः स्फुर्ट रुपमा उपस्थितको संख्या हजारौं पुगेको जिल्ला अध्यक्ष एवं प्रदेश सभा सदस्य बद्री मैनालीले बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेकोले ग्रामिण भेगबाट वृद्ध वृद्धाहरुको उपस्थिती बाक्लो देखिन्छ ।
समाचार तयार पार्दासम्म जिल्लाको १२ पालिका मध्य ४ पालिकाको उपस्थिती बाँकी रहँदा २० हजार क्षमताको कार्यक्रमस्थल बट्टारको हावाघर क्षेत्र खचाखच भएको छ ।
प्रमुख अतिथि अध्यक्ष ओली ३ः३० बजे आईपुग्ने कार्यक्रम छ । उनलाई हेर्न र सुन्नको लागि कार्यकर्ता मात्र नभई गाउँ गाउँबाट वृद्ध वृद्धाहरु समेत घण्टाै खर्चेर सदरमुकाम विदुर झरेका छन् ।
अध्यक्ष ओलीले भेलालाई ४ः३० बजे सम्बोधन गर्नेछन् । त्यसअघी विभिन्न पार्टी परित्याग गरी एमाले प्रबेश गर्न लागेका सयौंलाई ओलीले स्वागत गर्ने कार्यक्रम रहेको एमाले बागमतीका अध्यक्ष एवं नुवाकोटका लोकप्रीय नेता केशब राज पाण्डेले बताए ।
नुवाकोटमा दुई नगरपालिका र दश गाउँपालिकामा ८८ वटा वडा छ । २०७४ को निर्वाचनमा एमालेले ४ पालिका र ३५ वटा वडा जितेको थियो । यो पटक कम्तीमा ८ पालिकासहित ६३ वडामा जित सुनिश्चित गर्ने नेता पाण्डेले घोषणा गरेका छन् ।


