काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई चीन र अमेरिकी राजदूतले बधाई दिएका छन् । बुधबार नियुक्त मन्त्री खड्कालाई ट्वीटरमार्फत अमेरिकी राजदूत र्यान्डी बेरी र चिनियाँ राजदूत होउ यान्छीले बधाई दिएका हुन् ।
चीन र नेपालको सम्बन्धलाई थप प्रगाढ बनाउन परराष्ट्रमन्त्री खड्कासँग मिलेर काम गर्ने चाहना राजदूत यान्छीले व्यक्त गरेकी छिन् भने अमेरिकी राजदूत बेरीले चाहिँ जलवायु परिवर्तन, कोभिड-१९ महामारी र लोकतन्त्रको संरक्षणका लागि अमेरिकाले परराष्ट्रमन्त्रीसँग मिलेर काम गर्न चाहेको उल्लेख गरेका छन् ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले हिजै बधाई दिँदै मिलेर काम गर्ने चाहना व्यक्त गरेका थिए । भारतीय विदेशमन्त्री शंकर र खड्काबीच अमेरिकामा भेट हुँदै छ ।