काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचन लक्षित गरि बनाएको घोषणा पत्र बैशाख ९ गते सार्वजनिक गर्ने भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले घोषणा पत्रको मस्यौदालाई अन्तिम रुप दिएको बताइएको छ ।
बैशाख ९ गते नेकपा एमालेको स्थापना दिवस पनि हो । सोही दिनको अवसर पारेर नेकपा एमालेको पार्टी मूख्यालय थापाथलीबाट च्यासलस्थित तुलसीलाल स्मृती भवनमा सर्ने भएको छ ।
सोही अवसरमा नेपाल कम्यूनिष्ट पार्टी स्थापना दिवसको दिन पारेर घोषणा पत्र सार्वजनिक गरिन लागेको प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुुरुङले जानकारी दिए ।