काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेशका इन्चार्ज काशिनाथ अधिकारीले नेकपा एमाले स्थानीय तहको निर्वाचनमा सपना र आश्वासन नभई झण्डै चार बर्ष सरकारमा रहँदा गरेको कामको डेलिभरी लिएर जाने बताएका छन् । अरु पार्टीहरु आश्वासन र सपना लिएर जान्छ, हामी यो यो काम ग¥यौं भनेर जनताको बीचमा जान्छौं, उनले भने ।
नेकपा एमाले बागमती प्रचार विभाग र प्रेस चौतारी नेपालले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारीले आफ्नो सो धारणा राखेका हुन् । यस्तै नेकपा एमालेका प्चार विभाग उपप्रमूख विष्णु रिजालले इतिहासमै पहिलो पटक नेपाली राजनीतिमा सत्ता पक्ष प्रतिपक्षसँग निर्वाचनमा जान डराइरहेको बताए । सत्ता पक्षमा दलहरुको घुईँचो छ, तर पनि सिंगो एमालेसँग चुनाव लड्न दैनिक जसो गठबन्धन हुनुपर्छ भन्दै कुर्लना थलेका छन्, रिजालले भने ।
बागमती प्रचार विभाग कमिटीले १३ वटै जिल्लाको प्रचारको संयोजन गर्ने भएको छ। बागमती प्रदेश कमिटीको कार्यालय च्यासल ललितपुरमा प्रचार भेला नै गरेर एमाले बागमती प्रदेशले प्रचारको रणनीति र कार्यनीति तय गरेको हो ।
बागमती प्रचार विभागका प्रमूख महेश बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका प्रचार विभाग प्रमुखहरु, प्रेस चौतारीका सम्बन्धित जिल्लाका कमिटीका अध्यक्षहरु, प्रेस चौतारी नेपाल बागमती भित्रका चार वठा प्रदेश र एमालेप्रति आस्थावान पत्रकारहरूको उपस्थिती रहेको थियो । सुझावलाई समेत एकीकृत गरेर प्रचारलाई व्यस्थित बनाउन लागिएकको विभागका प्रमुख महेश बर्तौलाले जानकारी दिए ।
यस्तै नेकपा एमाले प्रचार विभाग र प्रेस चौतारी नेपालको संयोजनामा एक पालिका दुई पत्रकार खटाइने गरि कार्यक्रम तय गरिएको प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले बताए । एमालेले पालिका, जिल्ला, प्रदेश र केन्द्रमा गरि चार तहको प्रचार डेस्क निर्माण गर्ने लामाले बताए ।