ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट, एक जनाको मृत्यु ७ जना घाइते 

ललितपुर ।  ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । 

ललिपतपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाए । 

घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको बताए । घाइतेहरूको उपचार बिएण्डबी र पाटन हस्पिटलमा भइरहेको छ ।

विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर ओेधोगिक क्षेत्रमा रहेको छ । 

विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो । 

सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.