एमालेले गर्यो बागमती प्रदेश प्रचार डेस्कको स्थापना

ललितपुर । नेकपा एमाले बागमती प्रदेश प्रचार विभाग र प्रेस चौतारी नेपालको बागमती, उपत्यका, एशोसियट र प्रतिष्ठान प्रदेशले संयुक्त रुपमा प्रचार डेस्क स्थापना गरेको छ ।

बैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर प्रचार डेस्क स्थापना गरिएको बागमती प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिए । 

डेस्क स्थापना गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले प्रचार डेस्कले प्रदेश भित्रका वडा–वडा सम्मका पार्टी गतिविधिहरुलाई प्रचारमा ब्यवस्थित गरिने बताए ।

त्यस्तै, कार्यक्रममा नेकपा एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेकपा एमालेको प्रचार शैली सभ्य, व्यवस्थित र आक्रामक हुने जानकारी दिए । 
प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले सबै प्रदेशमा प्रेस चौतारीका कमिटीहरुले प्रचार डेस्क स्थापना गरिसकेको र अब पार्टीसँग मिलेर प्रचार गतिविधि अघि बढाइने जानकारी दिए । 

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डे, चौतारी बागमती प्रदेश कमिटी अध्यक्ष शरद सापकोटा, एशोसियट ईन्चार्ज समीर बलामी, प्रचार विभाग सदस्य ध्रुव घिमिरे लगायतको उपस्थिति रहेको थियो । 

प्रदेश प्रचार डेस्कले जिल्ला र पालिका प्रचार डेस्कसँग समन्वय गर्दै नेकपा एमालेको सुर्य ध्वजाबहाक उम्मेद्वारहरुलाई जिताउन प्रचारलाई तिब्र पारिने छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.