एमालेको नाराबाजीबीच आर्थिक विधेयक पारित

काठमाडौं । नेकपा एमालेको अवरोधका बीच पनि संसदमा आर्थिक विधेयक पारित भएको छ ।

संसद शुरु भए लगतै संसदमा नाराबाजी शुरु भएको थियो । नाराबाजीकै बीचमा सभामुख अग्नी सापकोटाले संसदको कारबाही अगाडि बढाएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक विधेयक एमालेको नाराबाजीबीच बहुमतले पारित भएको हो । आर्थिक विधेयकको दफा २ देखि ४५ र सम्बन्धी अनुसूची १ देखि ४ सम्म विधेयकको अंग बनोस् भनी सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.