काठमाडौँ । पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाइ उम्मेदवार हुने भएका छन् ।
शनिवार अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकले महानगर र उपमहानगरको उम्मेद्वार टुंगाउँदै पोखरामा मेयरमा पौडेल र उपमेयरमा गुरुङ उठाउने निर्णय गरेको हो ।
यस बाहेक एमालेले अन्य महानगर र उप–महानगरमा पनि उम्मेद्वारको टुंगो लगाएको छ ।
काठमाडौं : प्रमुख केशव स्थापित, उपप्रमुख सुनिता डंगोल
ललितपुर : प्रमुख हरिकृष्ण व्यञ्जनकार, उपप्रमुख मञ्जली शाक्य
भरतपुर : प्रमुख विजय सुवेदी
वीरगञ्ज : प्रमुख विजय सारबगी
धनगढी : प्रमुख रणबहादुर चन्द, उपप्रमुख कन्दकला राना थारु
नेपालगञ्ज : प्रमुख पशुपतिदयाल मिश्र, उपप्रमुख शान्तिदेवी ढकाल
तुलसीपुर : प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी
घोराही : प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा कुमारी डिसी
बुटवल : प्रमुख बाबुराम खड्का, उपप्रमुख साबित्रादेवी अर्याल
हेटौंडा : अनन्त पौडेल, उपप्रमुख सुमित्रा काफ्ले
धरान : प्रमुख मञ्जु भण्डारी, उपमेयर पदम लिम्ब
इटहरी : प्रमुख यमकुमार सुब्बा, उपमेयर संगिता चौधरी
कलैया : विनोद साह