काठमाडौं । प्रतिनिधिसभाबाट पास गरिएको विनियोजन विधेयक–२०७८ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी छन् । बिहीवार सरकारले संसदबाट आर्थिक विधेयक–२०७८ र विनियोजन विधेयक पास गरेको छ ।
तत्कालै विनियोजन विधेयकलाई राष्ट्रपतिबाट प्रमाणिकरण गरिएको हो । संघिय संसदको दुबै सदनबाट पास भएको विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणिकरण गरिएको राष्ट्रपति कार्यालयबाट जारी विञप्तीमा भनिएको छ ।
राष्ट्रपतिबाट सो विधेयक प्रमाणिकरण भएसँगै सरकार बेखर्चीबाट मुक्त भएका छन् । शेरबहादुर देउवाको सरकारले तत्कालिन प्रधानमन्त्री केपी ओलीको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्दै प्रतिस्थापन विधेयक ल्याएको थियो ।