काठमाडौं । पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैक बालुवाटारमा सुरु भएको हो ।
बैठकमा बागी उम्मेदवारी फिर्ताबारे छलफल हुने स्रोतले जनाएको छ । स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भए पनि ठाउँठाउँमा बागी उम्मेदवारी परेको छ ।
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हाे । यसअघि पनि बिहीबार गठबन्धन दलहरूको बैठक बसेको थियो । तर, अझै पनि धेरै ठाउँमा बागी उम्मेदवारी फिर्ता हुन बाँकी छ ।