गठबन्धनको बैठकः बागी उम्मेदवारी फिर्ता लिन आग्रह

काठमाडाैं । सत्तागठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ।

आज बालुवाटारमा बसेको  पाँच दलीय गठबन्धनको बैठकले महानगर र उपमहानगरका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको हो।

बैठकले सत्तागठबन्धनबाहेक दलसँग भएका चुनावी तालमेल खारेज गर्न निर्देशन दिने सहमति पनि गरेको स्रोतले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो । यसअघि पनि बिहीबार गठबन्धन दलहरूको बैठक बसेको थियो । तर, अझै पनि धेरै ठाउँमा बागी उम्मेदवारी फिर्ता हुन बाँकी छ ।

Gathbandhan-meeting.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.