काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ केजीभन्दा बढी सुनसहित पाँच जना पक्राउ परेका छन् ।
बिहीबार दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमानको शौचालयमा रहेको डस्टबिनमा २ केजी २ सय ३२ ग्राम सुन लुकाएर ल्याएको पाइएको हो ।
पक्राउ पर्नेमा पाँचथर याङवरक गाउँपालिका-४ का २८ वर्षीय भिम कुमार माबो, नुवाकोट तादी गाउँपालिका-५ का २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गाउँपालिका-२ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका-२ का ४१ वर्षीय हेम बहादुर थापा र सप्तरी सुरूंगा नगरपालिका-४ का ३६ वर्क्षीय ताराकान्त चौधरी रहेका छन् ।
उनीहरु मध्य हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी छन् । तिनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन् ।