काठमाडाैं । बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका बलराम शर्माले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका हुन्।
पार्टीले युवाका नाममा आफूजस्ता पुराना कार्यकर्ताको भावनाको सम्बोधन नगरेको भन्दै उनले पार्टीकै उम्मेदवारविरुद्ध नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।