बझाङमा जेठ १ गतेसम्म मदिरा निषेध

बझाङ। जेठ १ गतेसम्म मदिरा निषेध गरिने भएको छ । स्थानीय तहको निर्वाचन अवधिभर बझाङमा मदिरा निशेध गरिने भएको छ । निर्वाचन आचारसहिंता पालना गराउन र शान्ति सुरक्षालाई मध्यनजर गर्दै स्थानीय तहको निर्वाचन अवधिभर बझाङमा मदिरा निशेध गरिने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको सरोकारवालाको बैठकले निर्वाचनका बेला हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यही वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म मदिरा पूर्णरुपमा निशेध गर्ने निर्णय गरेको हो ।

साथै सरोकारवालाले चुनाव प्रचारका क्रममा दलहरूले निर्वाचन आचारसहिंता उल्लंघन नगर्न आग्रह गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.