काठमाडौं मेयर उम्मेदवार स्थापितले गरे मतदान 

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।

एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका स्थापितले काठमाडौं–२८ बागबजारस्थित मतदानस्थलबाट बिहान ७ बजेपछि मतदान गरेका हुन् ।

शुक्रबार बिहान ७ बजेबाट देशभर मतदान सुरु भइसकेको छ । स्थापितले मतदान सुरु भएलगत्तै मत दिएका हुन् ।  

279935491_516100306865914_3999426411875418370_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.