कांग्रेस पहिलो पार्टी बन्नेमा सन्देह रहेन- महामन्त्री थापा 

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनबाट कांग्रेस पहिलो हुने दाबी गरेका छन् । मतदानपछि उनले कांग्रेस पहिलो पार्टी हुनेमा सन्देह नभएको बताए । 

‘अघिल्लो निर्वाचनमा थोरै मतले हामी दोस्रो भयौँ । मतको हिसाबले १०/१२ हजारले पछि थियौँ । तर, यस पटक पहिलो बन्नेमा सन्देह रहेन’, थापाले काठमाडौंमा पत्रकारहरूसँग भने ।

उनले कतिपय जिल्लामा गठबन्धनमा समस्या भएको पनि बताएका छन् । 
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.