बाराको देवताल गाउँपालिकामा मतदान पुनः सुरु

बारा ।  बाराको देवताल गाउँपालिकामा पुनः मतदान सुरु भएको छ । शुक्रबार  बिहान ७ बजेबाट सुरु भएको मतदानमा करिब २५ जनाले सहभागिता जनाएपछि त्यहाँ निकै हल्ला भयो । १०-१५ जना हात हालाहाल भएपछि रोकिएको मतदान फेरि सुरु भएको हो । 

नेपाली कांग्रेसका र लोसपाका कार्यकर्ताबीचको झडपका कारण मतदान रोकिएको थियो । झडपलाई सुरक्षाकर्मीले बेलैमा नियन्त्रणमा लिन सफल भएको थियो ।

देवतला गाउँपालिकाका मतदान अधिकृत सुदर्शन ढकालका अनुसार करिब २ घण्टा बसेको सर्वदलीय बैठकले पुनस् मतदान गर्ने सहमति भएपछि मतदानको प्रक्रिया सुरु गरिएको हो । 

झडपमा घाइते भएहरुको सदरमुकाम कलैयास्थित कलैया असपतालमा उपचार भइरहेकै छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.