धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका– ५ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
वर्षौ देखि एमालेले स्थान बनाईरहेको ज्वालामुखी– ५ मा यसपाली भने कांग्रेस १४९ मतले प्यानल नै विजयी भएको हाे ।
अध्यक्षमा नेपाली कांग्रेसका टंकप्रसाद काप्रीले १४२६ मत ल्याएर विजयी भएका छन् । काप्रीले नेकपा एमालेका उम्मेदवार खिल वहादुर भण्डारीलाई १४९ मतले पराजित गरेका हुन् ।
काप्रीका निकटम प्रतिद्वन्द्वी भन्डारीले १२७७ मत ल्याएका थिए ।