दैलेख । दैलेखमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाही रहेका छन् ।
स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा उनलाई कालो अरिङ्गालले टोकोको थियो । स्कुल जाने क्रममा बाटोमा अरिङ्गालको गोलो देखेपछि उनले धपाउने प्रयास गरेका थिए । सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेत लगिएको थियो । अवस्था गम्भीर भएपछि उनलाईआइसीयुमा राखेर उपचार गरिएको थियो ।
उपचारकै क्रममा शुक्रबार राति ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ ।