गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न देउवालाई पौडेलको आग्रह

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काम नरोक्न आग्रह गरेका छन् । 

शनिबार रूपन्देहीमा भएको साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले सो आग्रह गरेका हुन् । ‘अघिल्लो केपी ओली नेतृत्वको सरकारको पालामा भएका निर्णयलाई कार्यान्वयन गर्दै एसियाली विकास बैंक (एडीबी)सँग ऋण सम्झौता गरी बहुवर्षीय अन्तर्राष्ट्रिय ठेक्का आह्वान गरी निर्माणको काम छिटो अगाडि बढाइयोस्,’ पौडेलले भने, ‘अघिल्लो सरकारले अगाडि बढाएको दोस्रो चरणको निर्माण कार्य नयाँ सरकारबाट ‘होल्ड’ नगरियोस् ।’

आफूहरुले सेकेन्ड फेजको काम अगाडि  बढाएको बताए । ‘आउँदो ५० वर्षलाई धान्ने अत्याधुनिक टर्मिनल बिल्डिङ (टिटु) बनाउने, टयाक्सी वे र फराकिलो पार्किङलगायत आधुनिक पूर्वाधार तयारी गर्ने कार्य अगाडि बढाउन एडीबीले ७ अर्ब लगानी गर्ने र नेपाल सरकारले सात अर्ब गरी १४ अर्ब लगानीमा सेकेन्ड फेजको काम अगाडि बढाउने मोडालिटी तयार भएको थियो’, पौडेलले भने । 

अघिल्लो ओली नेतृत्वको सरकारकै पालामा जग्गा अधिग्रहणको काम सकिएको थियो । सोहीअनुसार पहिलो फेजको काम सक्ने र दोस्रो फेजको काम अगाडि बढाइएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.