तारा एयर दुर्घटनाः मृतकको अन्त्येष्टि (फोटोफिचर)

काठमाडौं ।  तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो । 

सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । शव बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गरिएको छ । 

सो दुर्घटनामा धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृत्यु भएको थियो । राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो ।  

283891083_1209719053215401_921039879273095482_n.jpg.jpg

284939468_749694542836776_3156668907420399198_n.jpg.jpg

284004726_427851655486502_7219308421476994934_n.jpg.jpg

284270150_357442326488088_1954493843764529300_n.jpg.jpg

284631417_755703315463625_375330690623693626_n.jpg.jpg

284093835_2826397577665283_6834433085232750370_n.jpg.jpg

283478647_342177518000220_7131390994960628513_n.jpg.jpg

284432076_3249230638656173_6703019456514851251_n.jpg.jpg

285065329_434221031425990_744911765417851122_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.