काठमाडौं । नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब नेपालले नयाँ टिम पाएको छ । क्लवको एघारौ साधारणसभाबाट दुई वर्षका लागि श्रुति श्रेष्ठकोे अध्यक्षतामा १२ सदस्यीय नयाँ टिम क्लबले पाएको हो।
क्लबको उपाध्यक्षमा नेपाल रिपब्लिक मिडीयाका दिपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सेना, कोषाध्यक्षमा राजधानी दैनिकका द्धारिकाप्रसाद काफ्ले र सचिबमा नयाँ पत्रिका दैनिकका अमूल थापा आएका छन् ।
यस्तै गोरखापत्रका बिकास द्धारे प्रवक्तामा चयन भएका छन् । सदस्यहरुमा कान्तिपुरका अंगद ढकाल, सेतोपाटी डटकमकी निशा भण्डारी, देशसंचार डटकमकी बर्षा शाह, दि हिमालय टाईम्सका स्कन्द गौतम, अन्नपूर्ण पोस्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटोपत्रकार लक्ष्मीप्रसाद ङाखुशी छन् ।