राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचारजन्य कसुरको कारबाहीमा परेका मध्येमा बढी संख्या राष्ट्रसेवक कर्मचारीको देखिएको छ। आयोगको कार्यसम्पादन प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांकमा राष्ट्रसेवक कर्मचारीको संख्या बढी देखिएको हो ।
आर्थिक वर्ष २०७८ र ०७९ मा आयोगले गरेका २५ वटा स्टिङ्ग कारबाहीमा कुल ३८ ब्यक्ति मध्ये राष्ट्रसेवक कर्मचारीको संख्या २५ रहेका छ्न्। त्यसैगरी ६ जना बिचौलिया र ६ जना निर्वाचितरमनोनीत पदाधिकारी रहेका छ्न्।
आयोगले सो आर्थिक वर्षमा १ सय ३१ मुद्दा विशेष अदालतमा दायर गरेकाे थियो ।अदालतबाट प्राप्त १ सय ४८ वटा फैसला मध्ये ५८ वटा मुद्दामा भ्रष्टाचारजन्य कसुर कायम गरिएको छ। ती कारबाही गरेको कसुर ३९.१९ प्रतिशत हो ।
त्यसैगरी गत आर्थिक वर्षमा ७१.६८ प्रतिशत मुद्दामा कसुर कायम भएको थियो। जसमा दायर भएका १ सय १३ मुद्दा मध्ये ८१ वटा मुद्दामा कसुर कायम भएको छ। सो आर्थिक वर्षमा आयोगले ७९ वटा बैठकबाट ९ सय ७५ वटा निर्णयहरु गरेकाे थियो।
यस आर्थिक वर्षमा घुस रिसवत शिर्षकमा ३२ वटा,नक्कली शैक्षिक प्रमाणपत्र शिर्षक ६ वटा,सार्वजनिक सम्पत्तिको हानी नोक्सानी शिर्षकमा ३५ वटा,गैरकानुनी लाभहानी शिर्षकमा ३४ वटा,राजस्व हिनामिनामा ५ वटा,गैरकानुनी सम्पत्ति आर्जनमा ७ वटा र विविध शिर्षकमा १२ वटा मुद्दा गरि कुल १ सय ३१ वटा दायर भएको थियो ।
दायर भएका १ सय ३१ मुद्दामा ६ सय ३९ प्रतिवादी रहेका छन्। जसमध्ये विशिष्ट श्रेणीका ३ जना राष्ट्रसेवक कर्मचारी,३ सय ८ जना अन्य राष्ट्रसेवक कर्मचारी, बिचौलियारमतियार लगायत अन्य १ सय ७२ जना रहेका छन् भने १ जना भुतपुर्व मन्त्री र १ सय ५५ जना निर्वाचितरमनोनीत पदाधिकारी रहेका छ्न्।
ती प्रतिवादीबाट २ अर्ब ७८ करोड ४३ लाख ३२ हजार ७ सय १० रुपैयाँ १६ पैसा बिगो माग दाबी गरिएको छ।