कांग्रेस नेता गिरीको निधन प्रति प्रचण्डद्धारा दुःख ब्यक्त

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस नेता प्रदिप गिरीको निधनमा शोक ब्यक्त गरेका छन ।

उपचारको क्रममा गएराती निधन भएका गिरीको निधनले समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति भएको अध्यक्ष दाहालले जनाएका छन । 

‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ,’ प्रचण्डले सामाजिक सञ्जालमा भनेका छन, ‘गिरीको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.