नक्सा पास नगरी बनाइएका भवनको ९० दिनभित्र नक्सा पेश गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं। काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा ९० दिनभित्र पेश गर्न आग्रह गरेको छ ।

महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको सूचना प्रकाशित भएको मितिले ९० दिन भित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत गर्न आग्रह गरेको हो ।

महानगरले बिहीबार एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्रका नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिन भित्रमा नक्सा पेस गरी नक्सा स्वीकृतरनियमित गर्न सम्बद्ध सबै व्यक्ति, सङ्घसंस्था, संस्थान तथा सरकारी निकायहरूलाई समेत अनुरोध गरेको छ ।

तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण सङ्कलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही हुने महानगरले बताएको छ ।

ktm_metro_IaZFnXAjkq-600x369.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.