विपक्षीद्वारा प्रदेश–२ मुख्यमन्त्रीको राजीनामा माग

काठमाडौं । प्रदेश–२ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि विपक्षी दलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको हो ।

अख्तियारले प्रदेश सरकारको ‘बेटी बचाउ बेटी पढाउ’ अभियानअन्तर्गत खरिद गरिएको साइकलमा व्यापक अनियमितता भएको भन्दै मुख्यमन्त्रीको कार्यालयमै छापा मारेर सो सम्बन्धी फाइल नियन्त्रणमा लिएको छ ।

सोही विषयलाई लिएर विपक्षीहरुले मुख्यमन्त्री राउत पदमा रहिरहन नमिल्ने बताएका छन् ।

विपक्षी दलले मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन माग गरेका छन् । मुख्यमन्त्री राउतले अख्तियारले छापामार शैलीमा आफ्नो कार्यालयमा छापा मारेको बताउँदै अख्तियारको शैलीप्रति आपत्ति जनाएका छन् भने विपक्षी दलले अख्तिायरको कार्यलाई स्वागत गरेका छन् ।

प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य परमेश्वर साहले साइकल खरिद र वितरणको फाइलका लागि पटकपटक ताकेताका गर्दा पनि नबुझाएपछि अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको बताउँदै आएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.