कर्णाली करिडोर योजनाका कारण कैलाली क्षेत्र नं. १ को प्रदेश ‘ख’का द्धारिका न्यौपानेको चर्चा चुलिदै

टीकापुर । यहि मंसिर ४ गते हुने निर्वाचनका लागि कैलाली क्षेत्र नं. १ को प्रदेश सभा ‘ख’का उम्मेदवार द्धारिकाप्रसाद न्यौपानेको पक्षमा जनलहर छाएको छ । कर्णाली करिडोर, खेलकुद राजधानी, पदम प्रकाशेश्वर जस्ता वृहत योजना ल्याएपछि एमालेका तर्फबाट उम्मेदवार बनेका न्यौपानेको पक्षमा जनलहर छाएको हो । 

टीकापुरको छेउमा रहेको कर्णाली नदीमा कर्णाली करिडोर सहित वगैंचा, तटबन्धन र र्‍यापिटङ गर्ने उनको योजनासंग टीकापुरका जनता न्यौपानेलाई जिताउनुपर्ने बताएका छन् । 

टीकापुर नगरपालिका मात्र रहेको प्रदेश (ख) मा अहिले न्यौपाने बाहेक अन्य उम्मेदवारको चर्चा नै छैन । कांग्रेसबाट फेरि पनि उम्मेदवार बनेका आफूलाई डाक्टर भन्ने रणवहादुर रावलको चर्चा कतै पनि सुनिँदैन । त्यस्तै नागरिक उनमुक्ति पार्टीबाट उम्मेवार बनेका लक्षण चौधरीको चर्चा अलिअलि गाउँघरतिर मात्र सुनिने गरेकाे छ । 

प्राकृतिक सौर्दन्यको खानी रहेको टीकापुरलाई बनाउनका लागि त्यहाँका जनताले द्धारिकाप्रसाद न्यौपाने जस्तो नेताको खाँचो रहेको बताएका छन् । यहि सामाजिक सञ्जालदेखि टीकापुर बनाउने वृहत योजनाका भिडियो द्धारिकाप्रसाद न्यौपानेको मात्र सुनिने गरेको छ । 

त्यँहा मतदाताले पनि न्यौपानेका भिडियोलाई सेयर गर्ने र लाइक गर्ने समेत स्वतस्फूर्त रुपमा गरिरहेका छन् । निर्णय क्षमता र जोखिम लिन सक्ने नेताका रुपमा पार्टी भित्र र बाहिर न्यौपाने चिनिन्छन् । अहिले टीकापुरमा न्यौपाने जस्ता जोखिम लिने नेता आवश्यक रहेको भन्दै उनलाई जिताउन सबै लागिरहेका छन् । 

अहिले टीकापुर बजारदेखि गाउँसम्म न्यौपानेको चर्चा हुने गरेको छ । युवा सक्षम र भनेको काम गर्ने सक्ने क्षमता भएका न्यौपानेको विकल्प नभएको टीकापुर बासीको धारणा रहेको छ । 

एमालेले घरदैलो कार्यक्रम समेत गरिरहेको छ । एमालेले टीकापुरमा रहेका नौ वटै वडामा घरदैलो कार्यक्रम शुरु गरेको छ । आजदेखि प्रचारप्रसारलाई खुला गरेपछि एमाले आक्रमण रुपमा लागेको छ । गाउँका विभिन्न टोल, समूहमा आफ्ना उम्मेदवारलाई जिताउनका लागि एमालेले घरदैलो कार्यक्रम शुरु गरेको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.