पाँचथरमा कांग्रेस सहमहामन्त्री आङ्देम्बेले लिए अग्रता
क्विक नेपाल
२०७९ मंसिर ७,बुधवार ०५ : ४० PM
4.8k
Shares
काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे १० हजार ८०३ मतसहित अग्रता लिएका छन् ।
दोस्रो स्थानमा रहेका नेकपा (एमाले)मा उमेदवार वसन्तकुमार नेम्वाङवाले १० हजार ७०७ मत पाएका छन् । उनीहरूबीच ९६ मतको अन्तर रहेको छ ।