माओवादी एकजुट हुने बेला भएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादी एकजुट भएर नयाँखालको जनयुद्ध गर्नुपर्ने बेला आएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा जनयुद्धसम्बन्धी एक पुस्तक विमोचन समारोहका क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । सो क्रममा उनले आफूहरुलाई हेप्ने काम भइरहेको बताउँदै उनले मोहन वैद्य, विप्लब, बाबुरामलगायत सबै माओवादी धारा एक ठाउँमा आए जनयुद्ध जित्न सकिने बताए ।

‘मैले भन्ने गरेको छु हामीलाई यसैगरी हेप्ने र घेरा हाल्ने हो भने नयाँ जनयुद्धमा जान्छु । त्यो भनेर अहिले नै हतियार उठाउने, भूमिगत हुने भनेको होइन । लाखौं जनतालाई लिएर सडकमा गयौं भने यिनीहरूले बनाएको निर्वाचन प्रणाली, यिनीहरूको शासकीय स्वरूपलाई फाल्न सकिन्छ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.