काठमाडौं । मंगलबार बिहानैदेखि उक्लिएको नेप्से परिसूचकमा ५९.८७ अंकले वृद्धि भइ १९८३.८७ विन्दुमा पुगेर रोकिएको छ । मंगलबार ३.११ प्रतिशतले सेयर बजार बढेको हो ।
सोमबार भने नेप्से परिसुचक ५७ अंकले वृद्धि भएको थियो ।
साथैै, २६१ कम्पनीको कारोबारमा एक करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।