प्रधानमन्त्री प्रचण्ड भोलि बालुवाटार सर्दै 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (बिहीवार) बालुवाटार सर्ने भएका छन् ।

सोमबार प्रधानमन्त्रीको शपथ लिएका उनी शेरबहादुर देउवाले निवास नछोडेकाले बालुवाटार सर्न पाएका थिएनन् । अब बिहीबार सर्ने तयारी भएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार प्रचण्ड भोलि बिहीबार बालुवाटार सर्ने र त्यसपछि सबै भेटघाट त्यहाँ र सिंहदरबारबाट हुने छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.