काठमाडौं। एकजना नाबालिग बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालतमा दिएको पुनरावेदनको मुद्दामा आज (बिहीबार) सुनवाई हुन सकेन ।
पाटन उच्च अदालतका न्यायाधीश द्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको सन्दीपको मुद्दा पाँचौँ नम्बरमा रहेको थियो ।
तर सन्दीपको मुद्दा आज ‘हेर्न नभ्याइएको’ सूचीमा राखिएको छ।