जसपाको राजनीतिक समितिको बैठक सुरु

काठमाडाैं ।  जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ । 

सोमबारबाट सुरु भएको पार्टीको राजनीतिक समितिको बैठकमा यो विषयमा निर्णय गर्ने जसपाले जनाएको छ । आवश्यकताअनुसार समिति नै गठन गरेर छानिबन गर्ने तयारी सो पार्टीको छ ।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भूमिका, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको जसपाले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.