काठमाडौं। निर्वाचन आयोगले आगामी माघ २५ गते बुधबार राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई आग्रह गरेको छ।
आयोगका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रिय सभा उपनिर्वाचनको मिति तोक्न आग्रह गरेको हो।
राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट निर्वाचित सदस्य खिमलाल भट्टराईको २०७९ असोज २३ मा राजीनामा स्वीकृत भइ पद रिक्त भएपछि त्यहाँ उपनिर्वाचन गर्न लागिएको हो।
