धनगढी। सुदूरपश्मि प्रदेश सभामा सभामुख चयनका लागि पुस २८ गते निर्वाचन हुने भएको छ ।
सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् ।
समामुखको निर्वाचनका लागि पुष २८ गते दिउसो १ बजेका लागि समय निर्धारण गरिएको हो ।
प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा सञ्चालन गर्न निर्माण गरेको प्रदेश सभा नियमावली २०७४ र पहिलो संशोधन २०७६ लाई सर्व सम्मतीले स्वीकृत गरेको छ ।