काठमाडौं । नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोयन भएका छन् ।
आज (मंगलबार) पार्टी सभापति शेरबहादुर देउवाले लेखककलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन् ।
देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित) २०७४ को धारा १३ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य रमेश लेखकलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनयन गरेका छन् ।