अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारयाणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन्।

शुक्रबार राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता भएको हो।

दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा केन्द्रित रहेको सचिवालयले जनाएको छ। 

राजदूत थम्पसनले नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएकोमा श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको कामना समेत गरे।

© 2021 Quicknepal.com  |  All Rights Reserved.