काठमाडौं । सत्तारुढ गठबन्धन कार्यदलको बैठक विहानदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । मन्त्रालयको भागबण्डा टुंग्याउन निरन्तर कार्यदलको बैठक बसिरहेको छ ।
सरकारले झण्डै तीर्न महिना हुन लाग्दा पनि सरकार विस्तार गर्न सकेको छैन । मन्त्रिपरिषद्ले पूर्णता नपाएको कारण सरकार आलोचित बनिरहेको छ । सत्ता साझेदार दलभित्रको कानुनी र व्यवहारिक जटिलता समाधानमा सरकार उन्मुख भइरहँदा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
करिब तीन महिनासम्म ६ मन्त्री नियुक्त भएका छन् । १८ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले आफैले राखेका छन् । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वका कार्यदलमा काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सहभागी छन् ।
मन्त्री खड्का किोरोना संक्रमित भएपछि बैठकलाई कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले संयोजना गरिरहेका छन् ।