स्थगित क्याम्पसहरूमा ३० चैतमा स्ववियु निर्वाचन गर्ने सहमति

काठमाडौँ- स्ववियु निर्वाचन स्थगित भएका क्याम्पसहरूमा चैत ३० गते एकैपटक निर्वाचन गर्ने सहमति भएको छ। संयुक्त विद्यार्थी संगठनहरूले विज्ञप्ति जारी गर्दै एकैपटक निर्वाचन गर्ने सहमति भएको बताएका हुन्। विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका क्याम्पसहरूमा ३० गते निर्वाचन गर्ने सहमति भएको हो।

निर्वाचन बिथोलिने गतिविधि नगर्ने र निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरिए प्रशासनको सहयोगमा ताला ताडेर प्रक्रिया अगाडि बढाउने समझदारी भएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेका छन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.