वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

काठमाडौँ - न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको छ । न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए ।

 पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी छिन् । गिरीलाई अनुसन्धान र कारवाहीका लागी कपिलवस्तुमा पठाइने  भएकाे छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.