रास्वपा गरिबी, अशिक्षा, भ्रष्टाचार र बेथितिविरुद्धकाे दुस्मन हाे : रवि लामिछाने

तनहुँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तनहुँ–१ राजनीतिक रूपमा चेतनशील र क्रियाशील क्षेत्र भएको बताएका छन् । घरघरमा बच्चा जन्मिँदासमेत कांग्रेस जन्मियो कि कम्युनिस्ट भनेर चर्चा हुने ठाउँमा डा स्वर्णिम वाग्लेलाई बोकेर पार्टी मैदानमा खडा भएको उनको भनाइ छ ।

‘तनहुँ–१ राजनीतिक रूपमा असाध्यै चेतनशील अथवा राजनीतिक रूपमा क्रियाशील ठाउँ हो’, बिहीबार तनहुँको आँबुखैरेनीमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले भने, ‘घरघरमा मान्छेहरु छोरा जन्मियो कि छोरी भन्ने भन्दा पनि कांग्रेस जन्मियो कि कम्युनिस्ट जन्मियो भनेर भनिने राजनीतिक रूपमा असाध्यै घोलिएको ठाउँमा हामी ठाउँमा हामी स्वर्णिम वाग्लेलाई बोकेर आएका छौँ ।’

उनले आफ्नो पार्टी कसैविरुद्ध नरहेको भन्दै गरिबी, अशिक्षा, भ्रष्टाचार र बेथितिविरुद्ध भने दुस्मन भएको बताए । उनले आफ्नो पार्टी आम नागरिकको मित्र भएको उल्लेख गर्दै देश बनाउन आएको बताए । उनले उपनिर्वाचन योग्यता र क्षमता भएकाहरूलाई अघि बढाउने अवसर भएको भन्दै डा स्वर्णिमलाई जिताउन आग्रह गरे । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.